text
stringlengths
2
914
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । तत्कालीन सरकारले २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।
दरबार हाईस्कुलमा बढे ७ वर्षमा १० गुणा विद्यार्थी
सुदीप कैनी
मुलुकको पहिलो विद्यालय दरबार हाईस्कुलमा ७ वर्षमा १० गुणा विद्यार्थी बढेका छन् । काठमाडौंको रानीपोखरीस्थित उक्त सामुदायिक विद्यालयमा निजी छाडेर आउने विद्यार्थीको संख्या धेरै देखिएको छ ।
चैत्र २६, २०८०
कक्षा-८ मा १७८ विद्यार्थीमध्ये ५ जनामात्रै उत्तीर्ण
आनन्द गौतम
मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको कक्षा-८ को परीक्षामा पालिका भरिका बिद्यार्थीमध्ये ५ जना मात्रै उर्तीर्ण भएका छन् । एक सय ७८ जनाले परीक्षा लेखेका थिए । गाउँपालिकाका अनुसार २५ जनाले ग्रेड बृद्धिको परीक्षा लेख्न पाउने छन् । एक सय ४८ जनाले भने कक्षा दोहोर्‍याउनु पर्ने भएको छ ।
चाप धान्न नसकेर प्रवेश परीक्षा लिँदै सामुदायिक विद्यालय
विनोद भण्डारी
विद्यार्थीको चाप बढेपछि विराटनगरका केही सामुदायिक विद्यालयले नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिन थालेका छन् । यहाँका पोखरीया, आर्दश र सत्यनारयण माध्यामिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाएर एसईईमा राम्रो नतिजा ल्याएपछि निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेको हो । ती विद्यालयले प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई मात्र भर्ना लिने गरेको छ ।
८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक
कान्तिपुर संवाददाता
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।
चैत्र २४, २०८०
मेडिकल शिक्षामा वीरगंजलाई विश्वभर चिनाउन सक्यौं : अन्सारी
कान्तिपुर संवाददाता
वीरगंज नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले वीरगंजलाई देश-विदेशमा चिनाउन र कुनै बेला प्रख्यात पर्यटीय स्थलसमेत बन्न सकेको अस्पालका अध्यक्ष डा. जैनुदिन अन्सारीले बताएका छन् । स्वास्थ शिक्षामा वीरगंज र समग्र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने यो नै पहिलो संस्था भएको उनको दाबी छ ।
चैत्र १९, २०८०
जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाउने
डम्बरसिं राई
खोटेहाङ गाउँपालिकाले सरकारी कर्मचारी, शिक्षक तथा निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ ।
नन्दादेवी कर्णलीकै नमूना विद्यालय
तुलाराम पाण्डे
सशस्त्र द्धन्द्धमा हिंसाको दोहोरो मारमा परेको कालीकोटको कोटवाडास्थित नन्दादेवी मावि कर्णाली प्रदेशकै नमूना विद्यालयकोरुपमा छनोट भएको छ । सार्वजनिक शिक्षा सुधार सम्बन्धी एक जिल्ला एक नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण तथा शिक्षण सिकाइ सुधार र शिक्षकको पेशागत सहयोग कार्यविधि २०८० अनुसार जिल्लाका ६४ वटा माविमध्ये उत्कृष्ठ बन्दै प्रदेशको नमूना विद्यालयका रुपमा छनोट भएको हो ।
दलका कार्यकारिणी सदस्य रहेको पाइए शिक्षकलाई पदबाट हटाइनेछ : मन्त्री श्रेष्ठ
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छन् । मन्त्री श्रेष्ठले शिक्षक तथा विद्यालय कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने स्पष्ट पारेकी छन् ।
चैत्र १८, २०८०
तिम्ल्याहा एकै परीक्षा केन्द्रबाट एसईई दिँदै
विनोद भण्डारी
जारी एसईईमा विराटनगरको एक केन्द्रबाट तिम्ल्याहाले परीक्षा दिइरहेका छन् । यहाँको सत्यनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट तिम्ल्याहा मधुसूदन, शशि र माधव कर्णले एसईई दिइरहेका हुन् । शशी छोरी हुन् ।
सामुदायिक विद्यालय शिक्षक स्थानीय तहको मातहत बस्न नमान्नु गलत : भट्टराई
कान्तिपुर संवाददाता
एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरू बस्न नमान्नु गलत भएको बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा उनले विद्यालय शिक्षा विधेयकको विषयलाई लिएर पछिल्लो समय शिक्षक स्थानीय तहको मातहतमा नराख्न माग गर्नु जायज नभएको बताएका हुन् ।
चैत्र १७, २०८०
ताप्लेजुङ पुग्यो पाठ्यपुस्तक
आनन्द गौतम
हिमाली जिल्ला ताप्लेजुङ सदरमुकाम फुङलिङमा सामुदायिक विद्यालयका पुस्तक पुगेको छ । जनक शिक्षा सामग्रीद्वारा वितरण गर्ने पुस्तक शुक्रबार बेलुका पुगेको पुस्तक तथा स्टेशनरी व्यवसायीले जनाएका छन् । शनिवार र आइतबार दुई दिन गोदाममा पुस्तक मिलाउने र सोमवारदेखि वितरण सुरु गर्ने व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष १० दिन अघिदेखि नै वितरण सुरु गर्न लागेको हो ।
चैत्र १५, २०८०
उत्तरपुस्तिका हराएको बारे उच्चस्तरीय छानबिन समिति
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न बिहीबार उच्चस्तरीय समिति गठन गरेको छ ।
गण्डकीमा ४१ हजार विद्यार्थीले दिए एसईई, किरियापुत्री पनि सहभागी
प्रतीक्षा काफ्ले
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गण्डकी प्रदेशबाट ४१ हजार २ सय ३६ विद्यार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ ३९ हजार ४२ जना परीक्षार्थी छन् । त्यस्तै, प्राविधिकधारतर्फ १ हजार ३ सय ९० र अन्य ग्रेड वृद्धितर्फका रहेका छन् ।
शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु
कान्तिपुर संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले आजबाट सञ्चालन गरेको यस वर्षको एसइई परीक्षा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकै साथ सुरु भएको थियो ।
एसईई आजदेखि, ५ लाख परीक्षार्थी
सुदीप कैनी
यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
चैत्र १०, २०८०
एसईई दिन अर्को पालिकामा
कान्तिपुर संवाददाता
मकवानपुरको एक दुर्गम पालिकाका विद्यालयका छात्रछात्रा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन अझै अर्को पालिकामा जानुपर्ने बाध्यता हट्न सकेको छैन । चैत १५ गतेदेखि सुरु हुने एसईई दिन विकट कैलाश गाउँपालिकाका विद्यार्थी छिमेकी थाहा नगरपालिका र मनहरी गाउँपालिकास्थित केन्द्रमा गएर परीक्षा दिन बाध्य छन् ।
अपांगता भएकालाई पढाउने विद्यालय संकटमा
रासस
शारीरिक अपांगता भएका पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत छन् । परिवारको हेरचाह नपाउँदा पढ्न नपाएका रुचाल आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । यस विद्यालयमा रुचालजस्ता १४ जना अपांगता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन् ।
एसईईको चटारोमा आमाछोरा
घनश्याम खड्का
कुमारी थापा र सन्तोष थापा आमाछोरा हुन् । आमाछोरा दुवै चैत १५ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुँदैछन् । बेनी नगरपालिका–३ भकिम्लीमा स्थायी घर भई सदरमुकाम बेनीमा बस्दै आएकी कुमारी थापाले यहाँको उज्यालो वैकल्पिक विद्यालयबाट र छोरा सन्तोषले प्रकाश माध्यमिक विद्यालयबाट एसईई दिन थालेका हुन् ।
चैत्र ९, २०८०
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन् ।
महाराजगञ्ज नर्सिङ क्याम्पसमा तालाबन्दी
कान्तिपुर संवाददाता
महाराजगञ्ज नर्सिङ क्याम्पसमा तालाबन्दी गरिएको छ । क्याम्पसले ब्याचलर इन मिडवाइफरी साइन्स (बीएमएस) को पहिलो ब्याचका विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विरोधमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) ले तालाबन्दी गरेको हो ।
चैत्र ७, २०८०
निःशुल्क शिक्षा, शुल्क निर्धारण र छात्रवृत्तिको व्यवस्था गर्न शिक्षामन्त्रीको सर्कुलर
सुदीप कैनी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको प्रबन्ध तथा निजी विद्यालयमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था गर्न स्थानीय तहलाई बुधबार सर्कुलर गरेकी छिन् ।
चैत्र ५, २०८०
अब आन्दोलनका नाममा कक्षा बिथोलिने छैन : त्रिवि स्ववियु
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पठनपाठन, परीक्षा तथा परीक्षाफल प्रकाशनको तालिका बिथोलिने गरी कुनै पनि आन्दोलनका कार्यक्रम नगरिने जनाएको छ । त्रिविको स्ववियु निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा सोमबार कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस भवनमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले कक्षा बिथोलिने नदिने अडान सुनाए ।
चैत्र १, २०८०
नरहरिनाथ साक्षर घोषणा
तुलाराम पाण्डे
नरहरिनाथ गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको छ । ‘सीप सिकौ, उद्यम गरौ, साक्षर बनौं’ अभियान संचालन गरेको गाउँपालिकामा १५ देखि ५९ वर्ष उमेर समूहका १६ हजार ३ सय ५० मध्ये ८ हजार २ सय २ पुरुष र ८ हजार १ सय ४८ महिलालाई साक्षरताका १२ वटा सूचक पूरा गरेर एक औपचारिक कार्यक्रमका साथ बिहीबार साक्षर गाउँपालिका घोषणा गरिएको हो ।
फाल्गुन २६, २०८०
उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदान
रासस
सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् ।
फाल्गुन २५, २०८०
केयू प्राध्यापक संघमा अधिकारी
कान्तिपुर संवाददाता
काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघको सभापतिमा सहप्राध्यापक विकास अधिकारी निर्वाचित भएका छन् । संघको पाँचौं अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको पूर्वसभापति विवेक बरालले जानकारी दिए । उपसभापति प्रा.डा. अजय रिसाल, महासचिव तेजेशमान शाक्य, सचिव कान्छाभाइ मानन्धर र कोषाध्यक्षमा स्वेता श्रेष्ठ चयन भएका छन् ।
फाल्गुन २४, २०८०
प्राविधिक शिक्षाको ‘गन्तव्य’ बन्दै मंगलसेन
मेनुका ढुंगाना
मधेश प्रदेशको बाराबाट पढाइका लागि सिम्रौनगढ नगरपालिका–११ का १८ वर्षीय केशव पाठक गत वर्ष अछाम आइपुगे । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ज्योती भाट पनि फार्मेसी पढ्नकै लागि अछाम आइन् ।
फाल्गुन २३, २०८०
प्रश्न सोध्ने सुमना, अब जवाफ दिने कुर्सीमा
सुदीप कैनी
संसद्मा छोटो समयमै तर्कपूर्ण प्रस्तुति दिएर आफूलाई अब्बल कोटीमा उभ्याएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रुपमा कार्यभार सम्हालेकी छन् ।
फाल्गुन २१, २०८०
दुर्गमको नमुना विद्यालय