text
stringlengths 2
914
|
---|
१२ चैत, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध विराटनगरमा पनि प्रदर्शन भएको छ ।
|
घिसिङका समर्थकले मंगलबार बेलुका विराटनगरमा पनि प्रदर्शन गरेका हुन् । घिसिङको पक्षमा देशभर प्रदर्शन भइरहेको छ ।
|
सोमबार मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् ।
|
विराटनगरमा आन्दोलनका क्रममा घिसिङका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्रीविरुद्ध नाराबाजी गरे ।
|
घिसिङको बर्खास्ती विरोधमा मोरङको उर्लाबारीमा पनि आजै प्रदर्शन भएको थियो ।
|
१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र नेपाल विद्युत् प्राधिकरणमा दर्ता भएको छ ।
|
मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र मंगलवार साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दियो । सो पत्र मंगलबार नै इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतले बतायो ।
|
८ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
|
सरकारसँग भएको करारअनुरुप समयमा कार्यसम्पादन मूल्यांकन नगराएका कारण कार्यसम्पादनमा शून्य अंक प्राप्त गरेको, नेपाल सरकार तथा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिबेगर भारतसँग बिजुलीको भाउ बढाउने सम्झौता गरेको तथा नेपाल सरकारको निर्देशन अवज्ञा गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो ।
|
त्यसअघि सरकारले उनलाई सफाइको मौका दिएको थियो । लामो समयदेखि सरकारसँग विवाद गरिरहेका घिसिङलाई त्यसअघि ऊर्जा मन्त्रालयले पनि पटक पटक स्पष्टीकरण सोधेको थियो ।
|
नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरिसकेका छन् ।
|
१२ चैत, काठमाडौं । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले व्यस्तता जनाएपछि, अनि प्रधानमन्त्री केपी शर्मा ओली अर्को कार्यक्रमका कारण एक घन्टा ढिलो बालुवाटार फर्केपछि सत्ता गठबन्धनको निर्धारित बैठक बस्न सकेन ।
|
मंगलबार अपराह्न बस्ने भनिएको बैठकका लागि यादवलाई खबर गरिएको थियो, तर पछिल्लो समय उनी सत्ता गठबन्धनसँग रुष्ट छन् ।
|
यादवसँग अनौपचारिक संवाद गरेपछि बुधबार बिहान ११ बजे फेरि बैठक बस्ने सहभागी नेताहरूले बताए ।
|
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सत्ता गठबन्धनको बैठक एजेन्डामै प्रवेश नगरी रोकिएको बताइन् । अनौपचारिक छलफलका क्रममा विभिन्न विषय उठे पनि तिनले औपचारिकता नपाएको नेताहरूले बताएका छन् ।
|
१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् ।
|
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
|
यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन तथा थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिमिमण्डल यही चैत चैत १९ गते बैँकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
|
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।
|
१२ चैत, काठमाडौं। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राकेश जुलुश निकालेको छ ।
|
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुश निकालेको हो ।
|
उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
|
प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरुबाट मसाल खोसेको थियो ।
|
विद्यार्थीहरूले सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए ।
|
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
|
१२ चैत, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।
|
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च वृद्धिका लागि प्रो एक्टिभ भएर लाग्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
|
‘अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरुदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ। विषयगत मन्त्रालयहरु पनि प्रो एक्टिभ रुपमा प्रस्तुत हुनुहोस्, अर्थमन्त्री पौडेलले भने, ‘स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो। आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो।’
|
अर्थमन्त्री पौडेलले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरुरी रहेको बताए । अर्थ सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमता अनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना पेश गर्न आग्रह गरे ।
|
राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भन्ने र खर्च नगर्ने शैलीमा सुधार हुनुपर्ने बताए । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसक्ने भए समयमै सरेन्डर गर्न पनि विषयगत मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
|
छलफलमा सहभागी विषयगत मन्त्रालयका सचिवहरुले बजेटमा समावेश कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै पूँजीगत खर्च वृद्धिका लागि अन्तर मन्त्रालयबीच समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया, नीतिगत स्पष्टता गर्दै अघि बढिरहेको र चालू आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको भन्दा बढी पूँजीगत खर्च हुने बताएका थिए।
|
१२ चैत, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ‘इन्टरनेट सर्भिस प्रोभाइडर’ (आईएसपी) वर्ल्डलिंकले बजार हिस्सा बढाएर ४० प्रतिशत पुर्याउने लक्ष्य घोषणा गरेको छ ।
|
पछिल्लो आठ वर्षदेखि वर्ल्डलिंकले मुलुकको कुल इन्टरनेट प्रयोगकर्ताको ३३ प्रतिशत हिस्सा ओगट्दै आएको छ । यो भनेको आईएसपीहरूले उपलब्ध गराउने फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या हो । हाल नेपालमा १ सयभन्दा बढी आईएसपी सञ्चालनमा छन् ।
|
तारबाट इन्टरनेट उपलब्ध गराउने कम्पनीको पहिलो स्थानमा रहेको वर्ल्डलिंक र ऊपछिको दोस्रो स्थानमा रहेको कम्पनीबीच धेरै ठूलो अन्तर छ । दोस्रो स्थानमा रहेको आईएसपीले ८ प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको छ ।
|
वर्ल्डलिंकले केही दिनअघि इन्टरनेट ग्राहक संख्या १० लाख पुगेको र यसले कम्पनीप्रति ग्राहकको विश्वास झन् बलियो बनेको पुष्टि भएको जनाएको छ ।
|
‘१० लाख ग्राहक हुनु भनेको एउटा सुखद र गौरव गर्ने विषय हो,’ वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अनलाइनखबरसँग भने, ‘यो नेपालको इन्टरनेट क्षेत्रमा नै एउटा कोशेढुंगा हो । हामी अब बिस्तारै बजार हिस्सा बढाएर ४० प्रतिशत पुर्याउने लक्ष्य लिएर अगाडि बढेका छौं ।’
|
उनका अनुसार विद्यमान् ३३ प्रतिशतको बजार हिस्सा बढाएर ४० पुर्याउने लक्ष्य भेट्न वर्ल्डलिंकका ५ हजार कर्मचारी लागिपरेका छन् ।
|
हाल फिक्स्ड ब्रोडब्यान्डका ग्राहक ३० देखि ३५ लाख रहेको नेपालले बताए । यसको ३३ प्रतिशत हिस्सा वर्ल्डलिंकको भागमा छ ।
|
वार्षिक १२ अर्ब रुपैयाँ बराबर कारोबार गर्ने वर्ल्डलिंकले विद्यमान् बजार हिस्सा त्यति सहजै हात पारेको भने होइन । यसका लागि कम्पनीले २९ वर्ष लामो संघर्ष र मिहिनेत गरेको छ ।
|
‘हामी अहिले स्थापनाको २९ वर्षमा छौं तर हामीलाई १ लाख ग्राहक बनाउन २१ वर्ष लागेको थियो,’ सीईओ नेपाल भन्छन्, ‘तर, बाँकी ९ लाख ग्राहक हामीले पछिल्लो आठ वर्ष अर्थात् सन् २०१७ यता प्राप्त गरेका हौं ।’
|
वर्ल्डलिंकलाई एक नम्बरको आईएसपीमा टिकिरहन चुनौतीपूर्ण रहेको सीईओ नेपाल बताउँछन् । बजार प्रतिस्पर्धालाई उनी सहज तर चुनौतीले भरिपूर्ण भन्न रुचाउँछन् ।
|
‘हामीभन्दा पनि एकदमै मिहिनेती र ग्राहकको भावना बुझ्ने कम्पनी आयो भने बजार हिस्सा खोस्न सक्छ, यसलाई हामीले अन्यथा लिँदैनौं,’ उनले भने, ‘जसले बढी मिहिने गर्छ, उसले बजार लिन्छ । यो सेवा उद्योग भएकाले स्थापित हुन पनि गाह्रो छ र टिक्न पनि त्यत्तिकै गाह्रो छ ।’
|
उनका अनुसार पछिल्लो तीन–चार वर्षदेखि वर्ल्डलिंकको बजार हिस्सा ३३ प्रतिशतमा अडेको छ । दोस्रो स्थानमा रहेको कम्पनीको दाँजोमा यो चार गुणा बढी भए पनि यसमा टिक्दै ४० प्रतिशत पुर्याउने लक्ष्य लिइएको हो ।
|
हाल वर्ल्डलिंकले वार्षिक डेढ लाख हाराहारी ग्राहक थप्दै गएको छ । यो भनेको मासिक औसत १२ हजारभन्दा बढी हुन्छ । यही संख्यालाई निरन्तरता दिने गरी कम्पनीले गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता दिने गरेको सीईओ नेपाल बताउँछन् ।
|
वर्ल्डलिंकले ग्राहक सेवाका लागि बिहान ७ देखि राति ७ बजेसम्म कर्मचारी खटाउने गरेको छ । राति ७ बजेभन्दा पछि भने प्राविधिक कारण कर्मचारीलाई फिल्डमा खटाउन नसकिएको उनले बताए ।
|
‘अधिकांश इन्टरनेट सम्बन्धी समस्या सडकमा रहेका खम्बा (पोल) मा हुने गर्छ,’ सीईओ नेपालले भने, ‘राति खम्बामा चढेर मर्मत गर्दा हाम्रा प्राविधिक कर्मचारीलाई करेन्ट लाग्न सक्ने वा कुनै दुर्घटना हुन सक्ने सम्भावना रहन्छ ।’
|
७५ जिल्ला पुग्यो वर्ल्डलिंक
|
वर्ल्डलिंकले आफ्नो सेवा हाल ७५ जिल्लामा पुर्याइसकेको छ । अब मनाङ र मुस्ताङमा मात्र इन्टरनेट पुर्याउन बाँकी छ । गत वर्ष नै पहाडका १५ जिल्लामा इन्टरनेट पुर्याएको थियो ।
|
‘वर्ल्डलिंकको शुल्क महँगो होइन’
|
वर्ल्डलिंकको इन्टरनेट शुल्क महँगो नभएको सीईओ नेपालको दाबी छ । ‘हाम्रो शुल्क महँगो होइन,’ उनी भन्छन्, ‘हामीले प्रतिग्राहक प्रतिमहिना औसत १ हजार रुपैयाँ आम्दानी गर्छाैं । महिनाको १ हजार रुपैयाँलाई महँगो मान्ने कि नमान्ने भन्ने कुरा हो ।’
|
उनका अनुसार १ हजार रुपैयाँ औसत शुल्क भनेको परिवारका सबैको भागमा हिसाब हुन्छ । चार जनाको परिवार छ भने एउटाको भागमा साढे २ सय रुपैयाँ पर्छ । त्यही भएर यति शुल्कलाई महँगो होइन भन्ने हाम्रो बुझाइ हो ।
|
‘अहिले त मोबाइलबाट भ्वाइस कल गर्ने एकदमै कम हुन्छन्,’ नेपालले भने, ‘इन्टरनेट भएपछि परिवारका सदस्यले ह्वाट्स एप, फेसबुक मेसेन्जर, भाइबर लगायतमा कल गरेर कुराकानी गर्छन् ।’
|
वर्ल्डलिंकमा फिन फन्डले गर्यो करिब डेढ अर्ब लगानी
|
वर्ल्डलिंकमा पछिल्लो पटक वैदेशिक विकास कोषहहरूले पनि लगानी गरिरहेका छन् । हालै फिनल्यानडको ‘फिन फन्ड’ ले वर्ल्डलिंकमा १ करोड युरो अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ बराबर लगानी गरेको छ ।
|
यसखालको विदेशी लगानी प्राप्त गर्न धेरै नै गाह्रो हुने सीईओ नेपालले बताए । कम्पनीको सुशासन, साखदेखि कर चुक्तासम्मको सम्पूर्ण अध्ययन गरेपछि मात्र विदेशी लगानी आउन सक्ने उनको भनाइ छ ।
|
‘विदेशीले लगानी गरेपछि कुनै पनि कम्पनीको साख रहेछ भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘स्थानीय बैंकहरूले पनि ऋण पत्याउँछन् । हाल थपिएको विदेशी लगानीलाई कम्पनीको विस्तार र विकासमा उपयोग गर्छौं ।’
|
१२ चैत, काठमाडौं । नेपालले कृषि क्षेत्रबाट फाइदा लिन आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग निजी क्षेत्रले गरेको छ ।
|
कृषि क्षेत्रको बजेट ज्यादै न्यून रहेको भन्दै आगामी बजेटमा कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्नसमेत निजी क्षेत्रले माग गरेको छ ।
|
नेपाल उद्योग वाणिज्य महासंघ तथा स्विस कन्ट्रयाक्ट÷कासा कार्यक्रम तथा कृषि उद्यम केन्द्रले मंगलबार ललितपुरमा आयोजना गरेको कृषि क्षेत्रमा लगानी र निर्यात प्रवद्र्धन सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा विज्ञ तथा सरोकारवालाले नेपालको भौगोलिक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक स्रोतसाधन हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना रहे पनि त्यसबाट फाइदा लिन नसकिएको धारणा राखे ।
|
लगानी तथा निर्यात प्रवद्र्धनका लागि तीनै तहका सरकारले नीतिगत सुधार, कृषिमा लगानी प्रवद्र्धन र निर्यात प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूको जोड छ ।
|
सम्मेलन उट्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको दीर्घकालीन विकासका लागि सरकारले एकीकृत कृषि नीति ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
|
‘हामीले कृषि विकासमा एकीकृत नीति आवश्यक ठानेर यसको अन्तिम तयारी गरेका छौं । अबको केही दिनमा नीति ल्याउने तयारी छ । आउने नीतिमा सरोकारवालाले उठाएका विषय समेट्ने प्रयास हुनेछ,’ उनले भने ।
|
उनले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुन सक्ने बताए ।
|
अनुदान दुरुपयोगका विषयमा प्रश्न उठेपछि मन्त्रालयले यस विषयमा अध्ययन गरेको र मन्त्रालयबाट विगत पाँच वर्षमा १ खर्ब ५ अर्ब रुपैया कृषि अनुदानमा खर्च भएको जानकारी दिए ।
|
उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहे पनि बजेटमा सधैं कृषि क्षेत्रलाई उपेक्षा गरिएको बताए ।
|
‘हामीले देशलाई कृषिप्रधान भन्ने तर बजेटमा कृषि क्षेत्रलाई सधैं उपेक्षा गरिएको छ । यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ । अहिले सरकार बजेटको तयारीमा छ । आउने बजेटमा कृषिलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्दछु,’ उनले भने ।
|
महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सरकारले बनाउने नीतिमा निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र नराख्न र कार्यान्वयन योग्य कार्यक्रम ल्याउनुपर्नेमा जोड दिन्छन् ।
|
सरकारसँग सहकार्यका लागि निजी क्षेत्र सधैं तयार रहेको बताउँदै किसानलाई मल, बीउबिजन तथा प्रविधि उपलब्ध गराउने तथा अन्य सहयोगका लागि राज्य थप गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
|
१२ चैत, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भारतीय मालवाहक सवारीका कारण समस्या परेको गुनासो गरेको छ ।
|
नाडा अध्यक्ष करण चौधरीले भारतीय मालवाहक सवारीसाधनको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनको व्यवसायमा ठूलो असर परिरहेको बताएका हुन् ।
|
उनले नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने भन्दै लुब्रिकेन्ट उद्योगका नाममा फिनिस्ड गुड नै नेपाल ल्याएर बिक्री वितरण भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताए ।
|
अध्यक्ष चौधरीले नेपालमै टायर उद्योग खोलिए पनि त्यसका लागि स्टयान्डर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा वाह्य लगानी नेपाल ल्याउन सम्भव रहेको बताए ।
|
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारीसाधन पैठारीकर्तालाई ठूलो समस्या भइरहेकाले उक्त ऐन छिट्टै पारित गर्न आग्रह गरेका थिए ।
|
मन्त्री भण्डारीले नेपालको उद्योग–व्यवसायको स्थितिबारे विनाजानकारी संसद्मा प्रश्न उठ्ने गरेको गुनासो गर्दै नेपाल सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए ।
|
उनले खुला बजार अर्थतन्त्रमा ७ सय प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझाव राजस्व परामर्श समितिमा पठाउ अनुरोध समेत गरेका थिए ।
|
१२ चैत, काठमाडौं । जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगर प्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेबीच भेटवार्ता भएको छ ।
|
मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको टोलीले जापान र नेपालको संस्कृति, पर्यटन लगायत विषयमा छलफल गरेको हो । फिजिनोमिया नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको प्रति मन्त्री पाण्डेले खुसी व्यक्त गरे ।
|
मन्त्री पाण्डेले जापानको फुजी वाटर विश्वप्रख्यात रहेकोमा खुसी व्यक्त गर्दै कृषि, पर्यटन, सामाजिक, सांस्कृतिक र शिक्षाजस्ता कुरामा ज्ञान र सिप आदान–प्रदान गरी अघि बढ्न सुझाव दिए ।
|
उनले नेपाल–जापान सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने बताउँदै त्यसका लागि मन्त्रालय साथमा रहने विश्वास दिलाए । उनले नेपालका हिमाल धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउन जापानी टोलीलाई अनुरोध समेत गरे ।
|
जापानी पर्यटकलाई नेपालका हिमाली र धार्मिक क्षेत्र घुम्न पर्यटनमन्त्रीको आग्रह
|
काठमाडौं । चांगान अटोमोबाइलले ‘सेयरिङ द फयुचर’ थिममा युरोपको जर्मनीमा ‘२०२५ चांगान युरोप ब्रान्ड इभेन्ट’ को आयोजना गरेको छ । युरोपेली बजार विस्तारको नीतिगत संकेत गर्दै यो कार्यक्रममा चांगान, दिपल र अवतार ब्रान्डका ९ नयाँ मोडेल प्रर्दशन गरिएको थियो ।
|
यो वर्ष अन्त्यसम्म चांगानले कम्तीमा १० युरोपेली क्षेत्रीय बजारमा विस्तार गर्ने लक्ष्यसमेत लिएको छ । साथै, कम्पनीले आउँदो तीन वर्षमा युरोपमा ‘दिपल०७’ समेत गरेर ९ वटा मोडेल सार्वजनिक गर्ने जनाएको छ ।
|
चांगानले स्थानीय आर एन्ड डीमा समेत लगानी गर्ने योजना बनाएको छ । ‘इन युरोप, फर युरोप’ नीतिमा रहेर चांगानले १ हजार सेल्स र सर्भिस आउटलेट सुरु गर्ने र १ हजार स्थानीय कर्मचारीलाई जागिर दिने पनि जनाएको छ ।
|
इन्टिलिजेन्स र इलेक्ट्रिफिकेसनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेको चांगानले युरोपेली बजारमा भइरहेको हाइ पर्फर्मेन्स ईभी मागलाई पूर्ति गर्ने अपेक्षा समेत गरेको छ ।
|
टेक्नोलोजिकल इनोभेसमा चांगान विश्वभरि चर्चित छ । चांगानका ६ मुलुक र १० स्थानमा ग्लोबल आर एन्ड डी सिस्टम छन् जहाँ ३१ मुलुकका १८ हजारभन्दा बढी शोधकर्ता काम गर्छन् । साथै, चांगानको १७ टेक्नोलोजी कम्पनी र १ सय ८० ल्याब छन्, जसले उसलाई युरोपेली ईभी बजारको महत्त्वपूर्ण खेलाडी बनाउने छ ।
|
जर्मनीमा सार्वजनिक भएको चांगान केही समयमा नर्वे, डेनमार्क, नेदरल्यान्ड र बेलायतमा केन्द्रित हुनेछ । सन् २०२८ सम्ममा चांगान सबै युरोपेली बजारमा विस्तार भइसकेको हुनेछ । कम्पनीको युरोपेली मुख्यालय नेदरल्यान्ड हुनेछ जसले व्यापारिक अपरेसन केन्द्रको काम गर्नेछ । साथै, बिक्री मुख्यालय जर्मनीको म्युनिख सहरमा हुनेछ ।
|
१२ चैत, काठमाडौं । नेपालमा पछिल्ला दशकमा सहर केन्द्रित आन्तरिक बसाइँसराइ ह्वात्तै बढेको पाइएको छ ।
|
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आन्तरिक बसाइँसराइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
|
२०७८ सालको जनगणनामा आधारित प्रतिवेदनले ठूला सहर केन्द्रित बसाइँबसाइ दर अत्यधिक रहेको देखिएको छ ।
|
बागमती प्रदेशमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र र सहरी क्षेत्रबाट पनि सहरी क्षेत्रकै आयतन (संख्या) समेत बढ्दो क्रममा रहेको देखिन्छ । यस प्रदेशमा ग्रामीणबाट सहरी बसाइँसराइ दर ४९.७ प्रतिशत र सहरबाट सहरमै बसाइँ सर्नेको संख्या ४४.९ प्रतिशत रहेको देखिएको छ ।
|
यसको कारण साना सहरबाट ठूला सहरतर्फ खासगरी काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेशकै अन्य सहरबाट बसाइँसराइको संख्या अत्यधिक भएको देखिएको छ ।
|
समग्र देशको प्रवृत्ति हेर्दा आन्तरिक बसाइँसराइ दर २९.२ प्रतिशत रहेको छ । सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छाड्ने जनसंख्या पहाडमा बढी देखिएको छ । जहाँबाट ३२ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिएको छ ।
|
दोस्रो स्थानमा तराई छ । तराईबाट २८.९ प्रतिशत र हिमाली भेगबाट १३.८९ प्रतिशत मानिसले थातथलो छाड्ने गरेको पाइएको छ । पहाडी भेगका काठमाडौं, पोखरा र तराई भेगका चितवनमा जनसंख्या अधिक बढ्नुमा आन्तरिक बसाइँसराइ मुख्य कारण देखिएको छ ।
|
जिल्लागत हेर्दा सबैभन्दा कम बसाइँसराइ भएका १२ जिल्लामा पर्सा, रौतहट, नवलपरासी पूर्व/पश्चिम, भक्तपुर, ललितपुर, कञ्चनपुर, काठमाडौं, कैलाली, रुपन्देही, बाँके र कपिलवस्तु छन् । यी जिल्लामा १० प्रतिशतभन्दा कम मानिस जिल्ला छाडेर अन्यन्त्र सरेको पाइएको छ ।
|
किन बढिरहेको छ बसाइँसराइ ?
|
कार्यालयका अनुसार २५.९ प्रतिशत मानिस आफन्तसँग आश्रित भएर बसाइँ सर्ने गरेको पाइएको छ । विवाहपछि बसाइँ सर्नुपर्ने बाध्यतामा २४.९ प्रतिशत जनसंख्या रहेको देखिन्छ । कामको अवसरका कारण १९.२ प्रतिशत, अध्ययन र तालिमका कारण १४.१ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिन्छ ।
|
प्रदेशगत विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसरका कारण धेरै मानिस बसाइँसराइ गरेको पाइएको छ । अन्य प्रदेशमा भने विवाह मुख्य कारण मानिएको छ ।
|
उमेर अनुसार हेर्दा चार वर्षमुनि र ७५ वर्षभन्दा माथिका व्यक्ति आश्रित भएर, २० देखि २४ वर्षका महिला विवाहका कारण र ३५ देखि ३९ वर्ष उमेर समुहका धेरै मानिस कामका कारण बसाइँ सरेको पाइन्छ ।
|
१२ चैत, काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।
|
बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.