text
stringlengths
2
914
सन्जु पौडेल
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यामिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ हुने भएको छ । जनता माविले शुक्रबार पत्रकार सम्मेलन गरी प्राविधिक शिक्षालाई जनस्तरमा पुर्‍याउन भवन निर्माणसम्बन्धी नयाँ कोर्स सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।
सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
कान्तिपुर संवाददाता
सरकार र आन्दोलनरत राहत शिक्षकबीच शुक्रबार ५ बुँदे सहमति भएको छ । सहमतिपछि १० दिनदेखि आन्दोलनरत शिक्षकहरू नियमित पठनपाठनमा फर्कने भएका छन् ।
आश्विन ८, २०८०
इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा अनिश्चित
सुदीप कैनी
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईको शुल्क विवादले रोकिएको स्नातक तह (बीई) को प्रवेश परीक्षा अनिश्चित बनेको छ । काठमाडौं, पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयले प्रवेश परीक्षा गरेर विद्यार्थी भर्ना गर्न थाले पनि आईओईमा प्रवेश परीक्षाकै टुंगो लाग्न सकेको छैन ।
आश्विन ७, २०८०
कक्षामा फर्किए शिक्षक, पठनपाठन पुन: सुरू
कान्तिपुर संवाददाता
सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिपछि शिक्षकहरु विद्यालयमा फर्किएका छन् । शिक्षकहरु कक्षाकोठामा फर्किएसँगै २७ हजार सामुदायिक विद्यालयका साढे ५३ लाख विद्यार्थीहरुको रोकिएको पठनपाठन आजदेखि पुन: सुरु भएको छ ।
विद्यालयमा राजनीति
वसन्तप्रताप सिंह
गत वैशाखमा देशभरिका विद्यालयमा भर्ना अभियान चलिरहेको थियो । तर, बझाङको सुनकुडा माध्यमिक विद्यालयमा भने कुन दलको प्रधानाध्यापक (प्रअ) बनाउने भन्ने विवाद चुलिएर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आयो । १ हजार २ सय विद्यार्थी अध्ययनरत विद्यालयमा साढे तीन महिना पठनपाठन ठप्प भयो । वैशाखदेखि साउन दोस्रो सातासम्म पढाइ नै भएन ।
आश्विन ५, २०८०
नेपाल ल क्याम्पस पढ्नलाई बझाङका विद्यार्थीलाई छात्रवृत्ति
कान्तिपुर संवाददाता
बझाङमा स्थायी घर भई काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् । यसका लागि क्याम्पसमा ‘माताश्री पद्मा मल्ल’ छात्रवृत्ति कोषको स्थापना गरिएको छ ।
विद्यालय सञ्चालन गर्न अभिभावक संघको माग
कान्तिपुर संवाददाता
नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षक आन्दोलनका कारण बन्द विद्यालय सञ्चालन गर्न माग राखेको छ । संघका अध्यक्ष कोषबहादुर जिसीले शुक्रबार विज्ञप्ति जारी गरेर विद्यालय सञ्चालनको पहलकदमी लिन सरकारसँग माग राखेका हुन् ।
बझाङका विद्यार्थीलाई 'नेपाल ल क्याम्पस' मा ७ लाखको छात्रवृत्ति कोष
वसन्तप्रताप सिंह
बझाङमा स्थायी घर भइ काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् । यसको लागि क्याम्पसमा 'माताश्री पद्मा मल्ल' छात्रवृत्ति कोषको स्थापना गरिएको छ ।
आश्विन ४, २०८०
सरकार भन्छ - 'शिक्षकलाई वार्तामा बोलायौं', महासंघ भन्छ - 'थाहा छैन'
कान्तिपुर संवाददाता
गृह मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको बताएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले बिहीबार साँझ पौने ७ बजे शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता हुने जानकारी दिएको छ ।
भाद्र २९, २०८०
शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित
सुदीप कैनी
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
भाद्र २३, २०८०
कृषि प्रविधिको पढाइसँगै कमाइ
भवानी भट्ट
सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इजरायल जाने भएका छन् । टीकापुर कृषि क्याम्पसका आठौं सेमेस्टरका विद्यार्थी आउँदो साता इजरायल जाने भएका हुन् ।
भाद्र २२, २०८०
इन्जिनियरिङमा वृद्धि भएको शुल्क रद्द
सुदीप कैनी
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले त्रिभुवन विश्वविद्यालयको निर्देशनमा वृद्धि गरेको शिक्षण शुल्क रद्द गरेको छ । विद्यार्थी आन्दोलन चर्केपछि त्रिवि कार्यकारी परिषद्ले विद्यार्थीसँग छलफल गरेर शुल्क फिर्ता लिन पहल गर्ने सहमति गरेको थियो ।
भाद्र २१, २०८०
त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी
कान्तिपुर संवाददाता
स्नातकोत्तरमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले शिक्षण शुल्क लगायत प्रशासनको बेथितिको विरोध गर्दै त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन् ।
भाद्र २०, २०८०
मध्यपश्चिम विश्वविद्यालयले थाल्यो कर्णालीमा वातावरण विज्ञानमा स्नातक तह अध्यापन
ज्योति कटुवाल
मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशमा पहिलोपटक वातावरण विज्ञानमा स्नातक तहको अध्यापन सुरु गरेको छ । विश्वविद्यालयको ग्रयाजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीले ४ वर्षे बीएससी इन्भाइरोन्मेन्टल साइन्सको अध्यापनका लागि यसै वर्षदेखि भर्ना सुरु गरेको हो ।
भाद्र १९, २०८०
कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक/कर्मचारी आन्दोलित
डीबी बुढा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
भाद्र १८, २०८०
सामुदायिक क्याम्पसलाई पहिलो पटक इन्जिनियरिङ अध्ययन अनुमति
कान्तिपुर संवाददाता
मेचीनगरको धुलाबारी क्याम्पसले सिभिल इन्जिनियरिङ पठनपाठनका लागि अनुमति पाएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले गत भदौ १५ मा इन्जिनियरिङ संकायको पठनपाठनका लागि सम्बन्धन दिएको हो ।
भाद्र १७, २०८०
विश्वविद्यालयमा तालाबन्दी भए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री
कान्तिपुर संवाददाता
गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए ।
मुहार फेर्दै महेन्द्र पुस्तकालय
रासस
नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४ वर्ष नेतृत्वविहीन हुनपुग्यो ।
Tata box 1
नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा निकाली ठगी गरेको प्रकरणमा जिल्ला अदालत बाँकेले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
लिखित ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका प्रतिबादीमध्ये थप ६ जनालाई धरौटीमा छोड्न आदेश भएको छ।
जिल्ला अदालत बाँकेका सूचना अधिकारी सुरेश मल्लका अनुसार बाराको जितपुर नगरपालिका–३ का ३५ वर्षीय दिलीपकुमार सिंह, अछाम जिल्लाका ४७ वर्षीय टंकप्रसाद उपाध्याय र बाराको कलैया नगरपालिकाका २६ वर्षीय फिरोज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ की ४५ वर्षीया ईश्वरी माया रोक्कालाई ५० लाख र उनका छोरा २२ वर्षीय गौरव कार्कीलाई ३५ लाख रूपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।
त्यस्तै बाँकेको कोहलपुर घर भई बाँकेकै मुक्तिनाथ बैंकका शाखा प्रबन्धक अशोककुमार कोइरालासँग तीन लाख, कोहलपुर घर भई सोही बैंकको ऋण शाखामा कार्यरत कर्मचारी राजन थापा क्षेत्रीबाट तीन लाख, बाँकेको डुडुवा गाउँपालिका घर भई सोही बैंकमा कार्यरत अर्का कर्मचारी सञ्जय यादवसँग पनि तीन लाख रूपैयाँ धरौटी माग गरिएको छ।
जिल्ला अदालत बाँकेले जिल्ला मालपोत कार्यालय बाँकेमा लेखनदासको काम गर्ने श्रीधरा वलीलाई एक लाख २५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
फिरोज आलमको हकमा अदालतले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो भने अन्य सबैका हकमा चैत ८ गते आदेश भएको थियो।
अदालतको आदेश अनुसार सोही दिन दिलीपकुमार सिंह, टंकप्रसाद उपाध्याय र फिरोज आलम पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखामा कार्यरत असई मणि लामिछानेले बताए। धरौटीमा छोड्न आदेश भए पनि ईश्वरी र उनका छोरा गौरवले तोकिएको धरौटी बुझाउन नसकेपछि थुनामै पठाइएको थियो।
मुक्तिनाथ बैंकका शाखा प्रबन्धक अशोककुमार कोइराला, कर्मचारी राजन थापा क्षेत्री, बैंकमा अर्का कर्मचारी सञ्जय यादव र जिल्ला मालपोत कार्यालय बाँकेमा लेखनदास श्रीधरा वली भने धरौटी बुझाएर छुटेका थिए।
उनीहरू सबै मिलेर बाँकेको डुडुवा गाउँपालिका–५ को १५१ र १५२ कित्ता नम्बरको ३३ कट्ठा जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाई बैंकमा पेस गरी एक करोड २० लाख रूपैयाँ निकालेर ठगी गरेका थिए। सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको थियो।
पुर्पक्षका लागि थुनामा पठाइएकामध्ये टंकप्रसाद उपाध्याय जग्गाको कीर्ते कागज बनाउने मुख्य पात्र रहेको अनुसन्धानबाट खुलेको छ।
यो ठगी प्रकरणमा ईश्वरीका श्रीमान ४६ वर्षीय श्रीकृष्ण कार्की र बाँके खजुरा गाउँपालिकाका ३५ वर्षीय सुशील प्रजापति फरार रहेको असई लामिछानेले बताए।
गार्मेन्ट व्यवसायी फिरोजलाई विभिन्न समयमा ठगी मुद्दा खेप्दै आएका दिलीपले बाँके डुडुवाको रेश्मा श्रेष्ठको नामको जग्गा बैंकबाट लिलाम हुन लागेको हुँदा लगानी गर्न उक्साएका थिए। दिलीपले नै तत्कालै ६० लाख रूपैयाँ रेश्मालाई ऋण दिएर डेढ करोड रूपैयाँको जग्गा फिरोजको नाममा पास हुने लालच फिरोजलाई देखाएका थिए। सोही अनुरूप काम भएपछि संगठित रूपमा सबै मिलेर नक्कली पुर्जा तयार पारी सोही कागज बैंकमा पेस गरेका थिए।
त्यो काममा धितो मूल्यांकन गर्न लागि फिल्डमा खटिने बैंकका कर्मचारीदेखि शाखा प्रबन्धक, मालपोतमा लेखनदासको काम गर्ने सबैको मिलेमतो पाइएको यसअघि नै प्रहरीले बताइसकेको थियो।
फिरोजको नाममा २०८० जेठ ३० गते मालपोत कार्यालयले जमिन धितो रहेको बैंकको नाममा धितो बन्धक पास भएको प्रमाण दिएको थियो। ती सबै कागजात फर्जी रूपमा तयार पारिएका थिए। सोही जग्गाको फर्जी कागज पेस गरी फिरोजले बैंकको केन्द्रीय कार्यालय काठमाडौंबाट एक करोड २० लाख रूपैयाँ झिकेका थिए।
त्यो बेला उनलाई सो जग्गाको वास्तविकता थाहै थिएन। यही साल असारमा उनले बैंकबाट फेरि ऋण लिन खोज्दा मालपोत कार्यालयले जमिनको विवरण खोज्यो। तब उनको नाममा जग्गा नै फेला परेन। त्यसपछि बल्ल फिरोजले ठगिएको चाल पाए।
सात महिनाअघि, बाँके प्रहरीले फिरोजलाई खोजेर घटना अनुसन्धान अघि बढायो। त्यतिखेर अदालतले फिरोजलाई धरौटीमा छोड्न आदेश दिएको असई मणि लामिछानेले बताएका थिए।
पत्रकार भएको सामूहिक च्याटमा हुथीमाथि गर्ने हमलाको योजना राखेपछि अमेरिकामा हंगामा
पत्रकारलाई समूहमा जोड्ने राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जको पद धरापमा
सेतोपाटी
सेतोपाटी
चैत १२
माइक वाल्ज (बायाँ), उपराष्ट्रपति भान्स (बीचमा) र रक्षा मन्त्री पीट हेगसेथ (दायाँ)। तस्बिर स्रोत: द एट्लान्टिक डटकम।माइक वाल्ज (बायाँ), उपराष्ट्रपति भान्स (बीचमा) र रक्षा मन्त्री पीट हेगसेथ (दायाँ)। तस्बिर स्रोत: द एट्लान्टिक डटकम।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारका शीर्ष अधिकारीहरूले युद्ध योजनाबारे छलफल गरिरहेको सामूहिक च्याटमा एक पत्रकारलाई भूलवश समावेश गरिएको मामलामा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जको पद जान सक्ने चर्चा चल्न थालेको छ।
अमेरिकाले गत मार्च १५ मा यमनमा रहेको इरान-परिचालित हुथी समूहमाथि हमला गरेको थियो। त्यसको एक दिनअघिदेखि उपराष्ट्रपति जे डी भान्स लगायत ट्रम्प सरकारका शीर्ष सुरक्षा अधिकारीहरूले सो हमलाबारे सिग्नल भनिने मेसेजिङ एपको समूहमा चर्चा गरेका थिए।
सो समूहमा ट्रम्पले खेदो खन्ने अमेरिकाको एट्लान्टिक पत्रिकाका प्रधान-सम्पादक जेफ्री गोल्डबर्गलाई समेत वाल्जले सामेल गराएका थिए।
सोमबार एट्लान्टिकमा लामो लेख लेख्दै गोल्डबर्गले सो कुराको खुलासा गरेका थिए।
गोल्डबर्गको सो लेखका अनुसार मार्च ११ मा वाल्जको नाम भएको खाताबाट सिग्नलमा जोडिन उनले निम्तो पाएका थिए। सिग्नलमा आफ्नो संक्षिप्त नाम ‘जे जी’ प्रयोग गर्ने गोल्डबर्गलाई सुरूमा वाल्जको नाम प्रयोग गर्ने कुनै छद्म खाताले उनलाई निम्तो गरेको ठाने।
दुई दिनपछि गोल्डबर्गलाई ‘हुथी पीसी सानो समूह’ नामक सामूहिक च्याटमा समावेश गरिनेछ भनेर सिग्नलले एउटा सूचना पठायो। राष्ट्रिय सुरक्षाबारे लामो समयसम्म समाचार लेखेका गोल्डबर्गलाई पीसी भनेको सामान्यतया मन्त्रिपरिषद् सदस्यहरू र अन्य वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरू समावेश हुने प्रिन्सिपल्स कमिटी बैठक हो भन्ने थाहा थियो।
१८ जनाको सो समूहमा उपराष्ट्रपति भान्स, परराष्ट्र मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेगसेथ, राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्ड, सिआइए निर्देशक जोन र्‍याटक्लिफ र अन्य धेरै वरिष्ठ सहयोगीहरू समावेश भएको देखिन्थ्यो। सो समूहमा उनीहरूले ट्रम्पको निर्देशनमा यमनमा आक्रमण गर्नु ठीक हो कि होइन भनेर चर्चा गरे। त्यसबारे त्यहाँ गरिएको तर्क ती अधिकारीहरूको घोषित अडान सङ्गत देखिए पनि आफूलाई उनीहरू साँच्चै सरकारका अधिकारी भएको विश्वास नलागेको गोल्डबर्गले लेखेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर वा अरू कसैले छद्म हेन्डल बनाएर गरेको जस्तो लागेको भनेर गोल्डबर्गले भनेका छन्।
तर मार्च १५ मा यमनमा हमला हुनुभन्दा केही समयअघि रक्षा मन्त्री हेसगेथले यो समयमा, यी हतियार प्रयोग गरेर यसरी हमला हुँदैछ भनेर त्यहाँ लेखे। नभन्दै त्यही समयमा यमनमा त्यसरी नै हमला भएपछि गोल्डबर्गलाई आफू साँच्चै उपराष्ट्रपतिसहित सरकारका शीर्ष अधिकारीहरूको सामूहिक च्याटमा रहेको पक्का भयो।
सो हमला भएपछि पनि ती अधिकारीले त्यसको सफलतामा खुसीयाली व्यक्त गर्दै एक-अर्कालाई बधाई दिएका थिए। त्यसपछि आफूले सो समूह छोडेको गोल्डबर्गले लेखेका छन्।
उनी सो समूहमा रहँदा त्यहाँका कुनै पनि सदस्यले ‘जे जी’ को हो भनेर नसोधेको र उनले समूह छोडेपछि पनि गलत मान्छे सो समूहमा रहेछ भनेर सचेत भएको सङ्केत नदेखिएको उनले दाबी गरेका छन्।